नवौँ राष्ट्रिय खेलकुदः ८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

पाेखरा | कात्तिक २, २०७९

नवौँ राष्ट्रिय खेलकुदः ८८ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

पोखरा : गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टोली नेपाल आर्मीले पदक तालिकामा फराकिलो अग्रता बनाएको छ ।

 

आर्मीले आज बिहानसम्म ८८ स्वर्ण, ५८ रजत र ३९ कास्यसहित १८५ पदक जितेर तालिकाको शीर्ष स्थानमा रहन सफल भएको हो । उसले अन्य टोलीलाई दोब्बरभन्दा बढीले पछि पारेको छ । नेपाल पुलिस क्लबले ३७ स्वर्ण, ३१ रजत र ४० कास्य गरी कूल एक सय आठ पदक जित्दै दोस्रो स्थानमा रहेर आर्मीलाई पछ्याइरहेको छ ।

 

यसैगरी सशस्त्र प्रहरीबलको (एपीएफ)ले ३१ स्वर्ण, ३४ रजत र ५५ कास्य पदक जितेको छ । उसले हालसम्म कूल १२० पदक जितेको छ । आयोजक गण्डकी प्रदेशले पदक तालिकामा पछिल्लो पटक बागमतीलाई पछि पारेको छ । यसअघि प्रदेशमा निरन्तर अग्रता बनाएको बागमती अहिले पछि परेको छ । गण्डकीले १६ स्वर्ण, १५ रजत र ३० कास्यसहित ६१ प्दक जितेको छ । बागमतीले १५ स्वर्ण, २८ रजत र ३१ कास्यसहित ७४ पदक हासिल गरेको छ ।

 

सुदूरपश्चिम प्रदेशले आठ स्वर्ण, चार रजत र २० कास्यसहित ३२ पदक जित्दा एनआरएनले सात स्वर्ण, सात रजत र चार कास्य गरी १८ पदक ल्याएको छ । मधेस प्रदेशले पाँच स्वर्ण सात रजत र १९ कास्यसहित ३१ पदक, प्रदेश नं १ ले तीन स्वर्ण १६ रजत र ३२ कास्यसहित ५१ पदक ल्याएका छन् ।

 

यसैगरी लुम्बिनी प्रदेशले तीन स्वर्ण, १२ रजत र २२ कास्यसहित ३७ पदक जित्दा कर्णाली प्रदेश पदक तालिकाको पुछारमा छ । कर्णालीले हालसम्म एक स्वर्ण, दुई रजत र सात कास्य गरी १० पदक ल्याएको छ । यही असोज २८ देखि औपचारिक सुरु भएको नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते औपचारिक समापन हुँदैछ । प्रतियोगितामा ३६ खेल सञ्चालन भएका छन् । 
 

सङ्खुवासभा:  सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् ।   चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १&n...

थप पढ्नुहोस्

पोखरा:   १४ औं पोखरा महोत्सव सभ्य र भब्यताका साथ सम्पन्न भएको छ । गत पुष २९ देखि माघको ११ गते सम्म आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बीच समापन गरे । समापन समा...

थप पढ्नुहोस्

काठमाडौंः  आइतबार सम्पन्न राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिएको छ । आज राष्ट्रियसभामा रिक्त रहेको १८ पदका लागि निर्वाचन भएको थियो । कहाँ को विजयी भए हेर्नुहो...

थप पढ्नुहोस्